Thaha

Sunday 22 September - 7:11 pm NST

आम सन्चार नीतिलाई समावेसी बनाउनेछु   : सन्चारमन्त्री राई



काठमण्डौं, १५ मंसिर । सन्चु ब्लोन, 

सुचना तथा सन्चार प्रविधी मन्त्री शेरधन राइले आम सन्चार नीतिलाई अन्तिम रुप दिने तयारी भइरहेको बताउनु भएको छ । त्यसका लागि केहि दिनमै उच्चस्तरिय समिती गठन गर्ने मन्त्री राईले जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले काठमण्डौंमा गरेको बधाई ज्ञपान तथ समावेसी सन्चार नीति विषयमा गरिएको अन्तरकृयामा मन्त्री राइले समावेसी समानुपातिक सिदान्तमा आधारित नयाँ संविधानमा जारी भइसकेको अवस्थामा संविधान कार्यवन्यनसहितसन्चार नीतिलाई समावेसी बनाई ब्यवहारमा लागु गर्ने ठिक बेला आएको बताउनु भयो । उहाँले अहिले संविधानको मुल मर्मलाई बुझेर पनि नबुजे जस्तो गर्ने र बुझेकाहरुले पनि साँघुँरो सोच पालेर बस्दा समस्या उत्पन्न भएको बताउनु भयो ।

विविधतापुर्ण जगमा बनेको देशमा ती बिविधिताहरुको सम्बोधन नै प्रमुख आधार हुने भन्दै यत्ति खेर संविधानको विरोध गर्ने, जलाउने नभई संविधानमा भएका राम्रा कुरालाई कार्यन्वयनमा सबैले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले जारी भएको नयाँ संविधानमा आदिवासी जनजाति, मधेसीलगायत उत्पिडित समुदायका धेरै विषय नसमेटिएकोे बताउनुभयो । उहाँले धेरै कुरा राम्रा भएपनि समानुपातिक समावेसीको मुद्धा अझै सम्बोधन हुन बाँकी रहेको भन्दै दलहरुले संविधान जारी गर्ने बेलमा संविधान संशोधान मार्फत सुनिश्चित गर्ने प्रतिवद्धता गरेअनुरुप काम नभएको बताउनुभयो ।

मधेसदवाी दलसंग सरकारले वार्ता गरिहेपनि आदिवासी जनजातीलाई वेवास्ता गरेको भन्दै सरकार र दलहरुलाई दबाब दिन महासंघले छिट्टै दवावमुलक कदम चाल्ने बताउनुभयो ।  कार्यक्रमा डा. सुरेश आचार्यले प्रादेशिक राज्य संरचनामा सन्चार नीति र समावेशिता र मोहनसिं लामाले संचारमा समावेसीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको गर्नु भएको थियो ।